एलिन के सी
पुष्पकमल दाहाल प्रचण्डले चार दिने भारत भ्रमणका क्रममा दिएको अभिव्यक्तिको कारण अहिले नेपालीको राजनिति तरङ्गगित बनेको छ।सदन अवरुद्घ गर्दै एमाले सांसद सदस्यहरुले लगाएको भेैसी सँग देश बेच्न पाइदैन भन्ने नाराले यस अघि देखिनै सामाजिक सञ्जालमा तिब्र आलोचना हुदै आएको छ।भारत सग भेैसी मागिएको बिषयले थप चासो बढाएको छ।प्रमुख प्रति पक्ष दल नेकपा एमालेका सांसदिय दलका नेता अध्यक्ष केपि शर्मा वलिले नेपालको समग्र हितको रक्षा पछि मात्रै संसदमा भएको अवरोध हट्ने बताएका छन्। प्रतिपक्ष दलका संसादले राष्ट्रिय सभा पनि अबरोध गरेका छन्।प्रधानमन्त्रीले भारत सग भेैसी मागेको भन्दै सामाजिक सञ्जालमा आलोचना हुदै आएको छ। प्रधानमन्त्री प्रचण्ड भ्रमणको क्रममा भारतले नेपाललाई १५ वटा मुर्रा जातको रागो भेैसी दिने सम्झौता भएको छ।भारतिय दुतावासले बिज्ञप्ति जारी गर्दै यस बिषयमा जानकारी गराएपछि यस बिषयमा संञ्चार माध्यमले समाचार प्रकाशन गरेका थिए।

