विकास कि जोखिम ? बीच सडकमै विद्युत पोल — तत्काल हटाउन माग, सम्बन्धित निकायको ध्यानाकर्षण
तुल्सीपुर उपमहानगरपालिका वडा नं. ८ अस्वारा अन्तर्गत मेट्रो हस्पिटल क्षेत्र हुँदै वडा नं. २ कार्यालय जोड्ने मुख्य सडकको बीच भागमै रहेको विद्युत पोलले सर्वसाधारणको आवतजावतमा गम्भीर जोखिम सिर्जना गरेको देखिएको छ।
यो विषय सञ्चारकर्मी भीम ओली (एसबी) ले स्थलगत रूपमा निरीक्षण गरी प्रत्यक्ष अवलोकन गरेका हुन्। सडकको बीचमै रहेको उक्त पोलका कारण जुनसुकै बेला दुर्घटना हुन सक्ने अवस्था स्पष्ट देखिएको छ। स्थलमै पुगेर अवलोकन गर्दा तथा तस्बिर खिच्दा विकास निर्माण कार्यमा सुरक्षा पक्षको गम्भीर बेवास्ता भएको संकेत देखिएको छ।
सडक पिच जस्तो महत्वपूर्ण कार्य सम्पन्न हुँदा पनि बीच सडकमा विद्युत पोल रहनुले विकासको प्रभावकारिता र जिम्मेवारीमाथि प्रश्न खडा गरेको छ। जनताको करबाट सञ्चालन हुने विकास कार्य सुरक्षित हुनुपर्नेमा यस्तो जोखिमपूर्ण अवस्था रहनु चिन्ताजनक विषय बनेको छ।
यस विषयमा विशेषगरी नेपाल विद्युत प्राधिकरण, सम्बन्धित वडा कार्यालय तथा स्थानीय सरकारको तत्काल ध्यानाकर्षण आवश्यक देखिएको छ। सार्वजनिक सुरक्षासँग प्रत्यक्ष जोडिएको विषय भएकाले उक्त पोलको विकल्प खोजी गरी सुरक्षित स्थानमा सार्ने वा उचित निकास निकाल्ने कार्य छिटोभन्दा छिटो गरिनुपर्ने आवश्यकता औँल्याइएको छ।
सर्वसाधारणको ज्यानसँग प्रत्यक्ष जोडिएको विषय भएकाले सम्भावित दुर्घटना हुनुअघि नै सम्बन्धित निकायले जिम्मेवार ढंगले पहल गरी समस्या समाधान गर्नुपर्ने माग गरिएको छ।विकास कि जोखिम ? बीच सडकमै विद्युत पोल — तत्काल हटाउन माग, सम्बन्धित निकायको ध्यानाकर्षण
तुल्सीपुर उपमहानगरपालिका वडा नं. ८ अस्वारा अन्तर्गत मेट्रो हस्पिटल क्षेत्र हुँदै वडा नं. २ कार्यालय जोड्ने मुख्य सडकको बीच भागमै रहेको विद्युत पोलले सर्वसाधारणको आवतजावतमा गम्भीर जोखिम सिर्जना गरेको देखिएको छ।
यो विषय सञ्चारकर्मी भीम ओली (एसबी) ले स्थलगत रूपमा निरीक्षण गरी प्रत्यक्ष अवलोकन गरेका हुन्। सडकको बीचमै रहेको उक्त पोलका कारण जुनसुकै बेला दुर्घटना हुन सक्ने अवस्था स्पष्ट देखिएको छ। स्थलमै पुगेर अवलोकन गर्दा तथा तस्बिर खिच्दा विकास निर्माण कार्यमा सुरक्षा पक्षको गम्भीर बेवास्ता भएको संकेत देखिएको छ।
सडक पिच जस्तो महत्वपूर्ण कार्य सम्पन्न हुँदा पनि बीच सडकमा विद्युत पोल रहनुले विकासको प्रभावकारिता र जिम्मेवारीमाथि प्रश्न खडा गरेको छ। जनताको करबाट सञ्चालन हुने विकास कार्य सुरक्षित हुनुपर्नेमा यस्तो जोखिमपूर्ण अवस्था रहनु चिन्ताजनक विषय बनेको छ।
यस विषयमा विशेषगरी नेपाल विद्युत प्राधिकरण, सम्बन्धित वडा कार्यालय तथा स्थानीय सरकारको तत्काल ध्यानाकर्षण आवश्यक देखिएको छ। सार्वजनिक सुरक्षासँग प्रत्यक्ष जोडिएको विषय भएकाले उक्त पोलको विकल्प खोजी गरी सुरक्षित स्थानमा सार्ने वा उचित निकास निकाल्ने कार्य छिटोभन्दा छिटो गरिनुपर्ने आवश्यकता औँल्याइएको छ।
सर्वसाधारणको ज्यानसँग प्रत्यक्ष जोडिएको विषय भएकाले सम्भावित दुर्घटना हुनुअघि नै सम्बन्धित निकायले जिम्मेवार ढंगले पहल गरी समस्या समाधान गर्नुपर्ने माग गरिएको छ।