दाेर्ण केसी / तुलसीपुर, २८ फागुन । अमृतपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको नयाँ नेतृत्वका लागि फागुन २८ गते शनिवारका दिन हुन निर्वाचनकाे सुरु भएकाे छ । साे निर्वाचनमा संस्थाको नेतृत्वका लागि दुई समुह चुनावी मैदानमा रहेका छन्। अध्यक्षमा संयुक्त प्यानलको तर्फबाट भिमकान्त बस्याल(संगित) र लोकतान्त्रिक संयुक्त प्यानलको तर्फबाट चन्द्रकान्त खरेलको समुह चुनावी मैदानमा उत्रिएको संस्थाले जनाएको छ ।
भिमकान्त बस्याल(संगित) नेतृत्वकाे संयुक्त प्यानललाई नेकपा एमाले, विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी लगाएतको राजनितिक दलको सर्मथन रहेको छ भने खरेल नेतृत्व प्यानललाई नेपाली कांग्रेस, माओवादी केन्द्र लगाएतको दलको समर्थन रहेको छ । भिमकान्त बस्याल(संगित) काे प्यानलबाट उपाध्यक्षमा बिजय कुमार मल्ल, सचिवमा रुप बहादुर खत्री, कोषाध्यक्षमा ईश्वरी प्रसाद पाण्डे, सह–सचिवमा रक्षा काफले खडका अनु रहेकाछन् । सदस्यहरुमा कान्त प्रसाद खरेल, गंगाधर गैरे, महिला सदस्यहरुमा सिता कुमारी केसी,भिमा खडका रहेका छन ।
त्यसैगरी लाेकतान्त्रिक संयुक्त प्यानल चन्द्रकान्त शर्मा खरेलको प्यानलबाट उपाध्यक्षमा केशबराज सापकोटा, सचिवमा दशरथ वली, कोषाध्यक्षमा केशब बहादुर वली, सह-सचिवमा कमला कुमारी अधिकारी, सदस्यहरुमा नरबहादुर वली, लाल बहादुर वली,अमृता शर्मा न्युरे र सबिता वली रहेका छन । यस्तैगरी महिला सदस्यहरुमा देवी कुमारी वलीको एक उमेदवारी रहेको छ । उम्मेदवारहरुलाई चुनाव चिन्ह पनि प्रदान गरिएको निर्वाचन समितिले जनाएको छ । खानेपानी संस्थाका तुलसीपुर ३, ८ र ९ का कुल ३१६४/- कुल उपभोक्ताहरु रहेकाे साे मतदान केन्द्रमा अहिले मतदान सुरु भईरहेकाे संस्थाले जनाएको छ । विहान ८ बजेदेखि सुरु भएको मतदान केन्द्रमा ११ बजेसम्म ९ सय मत खसेकाे निर्वाचन समितिले जनाएको छ । संस्थाको निर्वाचन स्थलमा तुलसीपुर नगर स्वास्थ्य केन्द्रका प्रमुख खुमप्रसाद न्याैपानेकाे नेतृत्वमा स्वास्थ्यकर्मी राेमहर्ष केसीले स्वास्थ्य हेल्थ डेक्स स्थापना गरि सेवा दिदै आएकाछन् । उनीहरूले निर्वाचनमा उपस्थित हुँदा केही कसैलाई चाेटपटक लागेमा, बिरामी भएमा वा कुनै समस्या भएमा सम्पर्क नम्बर ९८४७८२४०५३ र ९८४७८२४२२६ मा सम्पर्क गर्न अनुराेध गर्नुभएको छ ।