क्यासिनो हुरहुर्ति बल्दै थियो। झापाका निराकार पाण्डेलाई बाँच्छु जस्तो लागेन। यद्धपि १२ औं तलामा रहेका उनले त्यहीँबाट हाम फालेर भए पनि बाँच्ने कोशीस गरे। हाम फाल्नु अघि घरका सबै परिवारसँग एक पटक कुरा गर्ने सोचे। उनले त्यही क्यासिनोको झ्यालबाट टाउको बाहिर निकालेर घरमा भिडियो कल गरे। कल पनि लाग्यो र रिसिभ पनि भयो। मृत्युअघि उनी मन अमिलो पार्दै घरका सबैलाई सम्झाउन थाले। छोराहरुलाई सम्झाउन थाले। आफन्त, नातागोता सबैलाई सम्झाए। घरमा रुवावासी चल्यो।
निराकारले करिव २ घण्टा भिडियो कलमा कुरा गरे। जतिजति आगोको लप्का माथि उक्लिन्थ्यो उति उति उनको आवाज अवरुद्ध हुन्थ्यो। कम्बोडिया भाषा नबुझेका, बोल्न नजानेका, त्यहाँ कसैलाई नचिनेका उनले आखिर के गर्न सक्थे र दैवको लिलालाई सहर्ष स्विकार्न बाहेक। क्यासिनो भित्र मडारिएको धुवाँको मुस्लो छेल्न झ्यालबाट बाहिर मुख पारेर उनले नेपालमा रहेका परिवार बुवा, आमा, श्रीमती र दाजुभाईसंग भिडियो कल गरेर अब म बाँच्दिन होला भन्दै कुरा गरिसकेपछि झ्यालबाट हामफाले। अहिले उनको मृत्युको पुष्टि पनि भईसकेको छ।
झापाको बिर्तामोड़ घर भएका निराकार पाण्डेको घुम्नका लागि केही दिन अघिमात्र कम्बोडिया गएको परिवारले बताएका छन्। आगलागीबाट उनीसँगै अन्य १९ जनाको मृत्यु भएको पुष्टि भएको छ। त्यस्तै ५० जना घाइते भएका छन्।