Mon. Oct 14th, 2024

तुलसीपुर ७ दाङ, २०७८ माघ १५ गते मेची पुल देखी मची महाकाली उल्टो पैदलयात्रा थालनी गरेका तुलसिपुर ३ रानागाउँ निवासी ३० वर्षिय ऋषि परियार चैत्र ७ गते बर्दिया रास्ट्रीय निकुञ्ज सुरक्षार्थ नेपाली सेनाको अम्रेनी पोस्ट बाट अघि बढ्न पाएका छैनन।

परियार उल्टो पैदलयात्रा गर्दै चैत्र ७गते बिहान ११ बजेको समयमा बर्दिया रास्ट्रीय निकुन्ज सुरक्षार्थ राखिएको नेपाली सेनाको अम्रेनी पोस्टमा पुगेका थिए। त्यहाँ पुगेका परियार लाई रास्ट्रीय निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनाले सुरक्षा को कारण देखाउदै अघी बढ्न बाट रोकेको हो।अम्रेनी पोस्ट देखी अगाडी १५ किलोमिटर क्षेत्रमा रास्ट्रीय निकुञ्जको जङ्गल क्षेत्र पर्ने र सो क्षेत्रमा बाघको आक्रमण मा परी धेरैले ज्यान समेत गुमाइ सकेका छन।

म आज ११ बजे अम्रेनी पोस्ट आइ पुगेको हुँ मलाइ निकुञ्ज सुरक्षार्थ सेनाले अगाडी जान दिएको छैन म अहिले अम्रेनी पोस्टमै बसी रहेको छु मेची महाकाली उल्टो पैदलयात्री ऋषि परियारले बताए।

मलाइ सेनाले जङ्गल क्षेत्र भरी गाडीमा बसेर जाउ भन्यो मैले मानिन,अहिले सम्म पनी अगाडि जान दिएको छैन।। मलाइ बाघले खाए खान्छ तर यात्रा रोक्दैन भोली बिहान अगाडी बढ्छु परियारले बताएका छन् ।

निकुञ्ज सुरक्षार्थसेनाले मेरो सुरक्षा नगरे पनी मलाइ अगाडी बढ्न देओस म आफ्नो सुरक्षा आफै गर्छु परियार ले दुखी हुँदै भनेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *