Wed. Jul 24th, 2024

२८भदौ। नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यकाल आज आइतबार सकिँदै छ । २०७३ भदौ २९ मा कार्यकारी निर्देशक नियुक्त भएका कुलमान सरकारले कार्यकाल थप नगरे चार वर्षे कार्यकाल सकेर सोमबार बिदा हुँदैछन् । कुलमानको कार्यकाल सकिनै लाग्दा प्राधिकरणमा नयाँ प्रमुख को बन्छ भन्ने चासो बढेको छ। 
यसोत सरकारले ३ सातादेखि प्राधिकरणमा निर्देशकको नियुक्त दिने कसरत गर्दै आएपनि टुंगोमा पुग्न सकेको छैन ।नेपालाई लोडसेडिङ मुक्त गरेका कुलमानलाई उज्यालो युगका सरुवातकर्ताको रूपमा हेर्न गरिन्छ । नया निर्देशकको नियुक्ति अहिलेसम्म पनि सरकारद्वारा नभएको हुदा कुलमानलाई नै निरन्तरता दिनसक्ने सम्भावना पनि बढेको देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *