
गोपाल गिरी १८भदौ । विगत २४ घण्टामा नेपालमा थप १,२२८ जनामा कोरोनाभाइरस सङ्क्रमण देखिएको र छ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।यो वृद्धिसँगै सङ्क्रमित व्यक्तिहरूको कुल सङ्ख्या ४२,८७७ पुगेको छ।अहिलेसम्म २४,२०७ सङ्क्रमित निको भइसकेका छन् भने २५७ जनाको मृत्यु भएको छ।
बिहीवार अपराह्ण आयोजित दैनिक प्रेस ब्रीफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले अहिले देशभरि १८,४१३ सक्रिय सङ्क्रमित भएको बताए।
