Fri. Jul 19th, 2024

मङ्सिर ९।

कोरोना संक्रमणका कारण एकजना सशस्त्र प्रहरी निरीक्षकको सोमबार राती मोरङमा मृत्यु भएको छ । मोरङको बूढीगंगा गाउँपालिकास्थित विराट शिक्षण अस्पतालमा सशस्त्रका इन्सपेक्टर ३३ वर्षीय नवीन बुढाथोकीको मृत्यु भएको हो ।

अस्पतालका आइसोलेसन प्रमुख सुनिल देवका अनुसार भेन्टिलेटरमा उपचाररत इन्सपेक्टर बुढाथोकीको राति ११:२२ बजेतिर ज्यान गएको हो । कोरोना संक्रमित बुढाथोकीको पछिल्लो समय फोक्सोले काम गर्न छाडेको उनले बताए ।तेह्रथुमको म्याङ्लुङ् घर भएका उनी मोरङको बूढीगंगास्थित टंकीसिनवारीमा रहेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३ गण हेड क्वाटर कंकालिनीमा गत भदौदेखि कार्यरत थिए । ब्याडमिन्टन खेल्दाखेल्दै एक्कासी श्वासप्रश्वासमा समस्या भएपछि गत कात्तिक २६ गते उनलाई उपचारका लागि विराट शिक्षण अस्पताल भर्ना गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *