Wed. Apr 23rd, 2025

दाङ एलिन के सी चेैत २५
छिल्लिकोट दाङको सुन्दर पर्यटकिय स्थल हो। दाङ तुल्सिपुर बिजोैरीको उत्तर पहाडमा रहेको छ।यस ठाउबाट सुन्दर दाङका फाटको दृश्य देख्न सकिन्छ।यस स्थलमा एउटा सुन्दर मन्दिर पनि छ।यस मन्दिरमा मालिका कालिका देविको दर्शन गर्न पर्यटकहरु जाने गर्दै आएका छन्।यस पर्यटकिय स्थलमा आउदो वैशाख महिना देखि जिपलाईन ३ तारे होटेल सञ्चालनमा आउने भएको छ। आज मिति २०७९/१२/२५ गते युवा शक्ति फोटोग्राफर संघ दाङले आयोजना गरेको कार्यक्रममा शिब श्रेष्ठले जानकारी दिनुभएको छ।शिव श्रेष्ठ स्वयमंले यस ब्यवसाय सञ्चालन गर्दैहुुनुहन्छ।यसका लागि आवश्यक सम्पुर्ण प्रक्रिया पुरा गरेको जानकारी दिनुभएको छ।उहाले यस ब्यवसाय सञ्चालनक लागि कतैबाट आर्थिक सहयोग नपाएको बताउनु भएको छ।यस ब्यवसाय सञ्चालनबाट धरै फोटोग्राफर र अन्यले रोजगारी पाउने छन्।यस क्षेत्रमा धेैरै मात्रमा पर्यटक भित्रिने छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *