Thu. Mar 27th, 2025

२५भदौ : प्रधानमन्त्री केपी शर्मा ओलीले सावधानी पूर्वक चाड मनाउन आग्रह गरेका छन्। मैथिली र थारु महिलाहरुले मनाउने जितिया पर्वको अवसरमा शुभकामना दिँदै उनले कोरोना भाइरसको महामारीको कारण पर्व घरमै बसेर सुरक्षित रहँदै चाड मान्न आग्रह गरेका हुन्।

नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विविधताका बीचमा सुदृढ एकता भएको देश भएको उल्लेख गर्दै ओलीले प्रचलित पर्वहरुका विविधता हाम्रा बहुमूल्य पूँजी भएको बताएका छन्। उनले सहिष्णुता र सुदृढ एकता सहितको विविधतायुक्त यस पूँजीलाई हामीले देश निर्माणमा सदुपयोग गर्नुपर्ने स्पष्ट पारेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *