Fri. Jan 24th, 2025

तुलसीपुर, १५ मंसिर । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा राष्ट्रियसभा सदस्य जगप्रसाद शर्मा‘अपार’ले यो गठबन्धन भ्रष्टाचार ढाकछोप गर्न बनेको गठबन्धन रहेको बताएका छन् ।

नेकपा माओवादीक केन्द्र तुलसीपुर ९ को तेस्रो वडा अधिवेशनलाई सम्बोधन गर्दै अपारले विगतमा पञ्चाय, राना फाल्न ठूला दलहरु मिल्नु पर्ने अबस्था रहेपनि अहिले कुनै त्यस्तो शक्तिलाई फाल्नु पर्ने अबस्था नरहेको भन्दै यो अपबित्र गठबन्धन भएको बताए । साथै उनले जनताको अबस्था फेर्न माओवादीको आबश्यकता रहेको भनि जनताले बुझेको समेत बताए ।

कार्यक्रममा नेकपा माओवादी केन्द्र दाङका इन्चार्ज निर्मल आचार्य, माओवादी केन्द्रका केन्द्रीय सल्लाहकार शेसुराम भण्डारी, पार्टीका दाङ जिल्ला सहइन्चार्ज रामबहादुर दहित, प्रदेश कमिटि सदस्य प्रेमराज वली, नेता रत्न वली, प्रदेश परिषद सदस्य यज्ञबहादुर केसी, तुलसीपुर नगर अध्यक्ष मोहन थापा, एमाले निवर्तमान वडाध्यक्ष मुक्त प्रसाद भट्टराईलगायतले मन्तब्य ब्यक्त गरेका थिए ।पार्टीका वडाध्यक्ष मदन हमालको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष पुष्ताराम खनालले स्वागत मन्तब्य ब्यक्त गरेको कार्यक्रमको सहजीकरण सचिब प्रेम बहादुर विकले गरेका थिए ।
अध्यक्षमा गैरे
यसैबीच अधिवेशनले गंगाधर गैरेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । जसको उपाध्यक्षमा भिबहादुर वली, सचिबमा केशर बहादुर वली, सहसचिबमा छवि प्रसाद बस्नेत र कोषाध्यक्षमा कमला कुमारी अधिकारीलाई चयन गरिएको छ । त्यस्तै सदस्यहरुमा पलबहादुर वली, टुका प्रसाद खनाल,बम बहादुर रोकाय, चेतना रावत, सीता डाँगी, कृष्ण बुढा, शारदा विक, कृष्ण बस्नेत, एकलाल नेपाली,सुमन चौधरी, नन्द कुमार बुढा, सागर पाण्डेलगायतलाई चयन गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *