तुलसीपुर ,५ भदौ । तुलसीपुरका एक जना आगलागी पीडितका लागि नगद तथा खाद्यान्न र जिन्सी सामान सहयोग गरिएको छ । तुलसीपुर ७ स्थित youtube chanal शिबपार्बती दोहोरी घरको पहलमा सङ्कलित राहत पिडितका लागि शनिबार हस्तान्तरण गरिएको छ । तुलसीपुर ४ मुल्कोट निबासी आगलागी पिडित ७९ बर्षिय कोट बहादुर पुनको लागि सङ्कलित राहत मुल्कोट टोल बिकास सस्थाका अध्यक्ष ऋृषिराम पुनलाई हस्तान्तरण गरिएको हो । शिबपार्बती मन्दिर ब्यबस्थापन समितिका अध्यक्ष पार्बती खड्काको अध्यक्षता एबम तुलसीपुर उपमहानगरपालिका कार्यपालिका सदस्य लक्ष्मण बिश्वकर्माको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा दोहोरी घर संचालक ईश्वरी भन्डारिले पिडितलाइ केही राहत होस् भन्ने उदेश्यले आफुहरुले सक्दो सहयोग गरेको बताउनु भयो । उहाले आफुहरु पीडितको गाउँसम्म जाने ईच्छा भए पनि हाल जान नसकिने अबस्था र स्वयं पिडित पनि कार्यक्रम स्थल सम्म आउन सक्ने अबस्था भयकै कारण सम्बन्धित टोलका अध्यक्ष मार्फत राहत दिएको बताउनु भयो । सो अबसरमा प्रमुख अतिथी बिश्वकर्माले सङ्कलित नगद तीन हजार चार सय सहत्तर रुपैया र खाद्यान्न तथा लत्ताकपडा पुनलाई हस्तान्तरण गर्नु भएको हो । उक्त राहत ग्वार सुधार टोल बिकास सस्थाका केही टोलबासी र अन्य सहयोगदाताहरुले स्वैच्छिक रुपमा दिएको सहयोग हस्तान्तरण गरेको आयोजकले बताएको छ ।
सो अबसरमा तुलसीपुर ५ का वडा सदस्य तथा न्यायीक समिती सदस्य लालमती भन्डारी,ग्वार सुधार टोल बिकास सस्थाका अध्यक्ष तिलसरा बिक र मुलकोट टोलका अध्यक्ष ऋृषिराम पुनले पिडित पुनको लागि सबैले सक्दो सहयोग गर्नुपर्ने आबस्यकता रहेको बताउनु भयो । कार्यक्रमको सहजीकरण दिपक ओलिले गर्नु भएको थियो ।