
बैशाख१७, तुल्सिपुर- दाङ ।
तुल्सिपुर उपमहानगरपालिका वडा नम्बर -६ मा एक भारतीय नम्बर प्लेट भएको गाडीमा तिन जना बालकको शब भेटिएको छ।
शबहरु कहाँ बाट आए भन्ने कुराको कुनै पनि जानकारी नभएको जिल्ला प्रहरी कार्यालय दाङ्गका एसपी गणेश चन्दले जानकारी दिए। त्यो खबर सुने पछि म पनि घटनास्थल तर्फ जाँदै छु अनुशन्धान पछि मात्र भन्न सकिएला’ एसपी चन्दले भने।
घटनास्थलमा अहिले तुलसीपुरका डिएसपी शिब बहादुर सिंह पुगी सकेका छन् । डिएसपी सिंहले चाडैं अनुसन्धान सुरु गरेर सत्य तथ्य पत्ता लगाउने बताएका छन् ।स्थानीय बासिन्दाका अनुसार उक्त गाडी केहि महिना अगाडिदेखि नै उक्त स्थानमा रोकिएको अबस्थामा रहेको बताएका छन् ।