Tue. Jul 23rd, 2024

दाङ, २९ पुुस ।
दाङमा प्रहरी हुँ भन्दै ठगि गर्ने एक व्यक्ति पक्राउ परेका छन् । ठगिको आरोपमा घोराही उपमहानगरपालिका वडा नम्बर १५ का ३९ वर्षिय रामबहादुर बस्नेतलाई प्रहरीले पक्राउ गरेको हो । उनल नेपाल प्रहरीको सिआइबिको साप भनेर व्यवसायीलाई ठग्ने गरेका थिए ।

प्रहरीको नाममा विभिन्न व्यक्तिलाई ठगि गरेको भन्ने व्यापक गुनासोको आधारमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डिएसपी मुकुन्दप्रसाद रिजालले जानकारी दिनुभयो ।

पक्राउ परेका व्यक्तिमाथि थप अनुसन्धान शुरु गरिएको प्रवक्ता रिजालले बताउनुभयो । प्रहरीले विभिन्न बहानामा ठगि गरेको पाइएमा तत्काल प्रहरीमा खबर गर्न पनि सबै नागरिकलाई अनुरोध गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *