Fri. Jul 19th, 2024

दाङ जिल्ला टेबल टेनिस सघंको ७ औँ साधारण एवं अधिवेशनले नयाँ नेतृत्व समेत चयन गरेको छ । सघंको अध्यक्षमा ऋषीराज लहरे (अरुण) चयन भएका छन।उनी आफ्नैमा टेबल टेनिसका राम्रो खेलाडि पनि हुन्।उनि चयन भए सगै दाङ जिल्लाको टेबल टेनिस खेलाई एउटा उचाइ पुर्यो सबैको आशा रहेको छ।
त्यस्तै उपाध्यक्षमा नविन राई,सचिवमा गुरुप्रसाद गौतम,कोषाध्यक्षमा नुपुर गुरुङ चयन भएका छन भने सदस्यहरुमा सिताराम शर्मा आचार्य,सुरेन्द्र सिङ राठोर र सुरेश विक रहेका छन

सघंले शनिवार तुलसीपुरमा एक कार्यक्रमको आयोजना गरि ७ औँ साधारण सभा तथा अधिवेशन सम्पन्न गरेको हो ।

सघंका अध्यक्ष सिताराम शर्मा आचार्यको अध्यक्षता तथा राष्ट्रिय खेलकुद परिषदका पुर्व निर्देशक अजुन विकको प्रमुख आतिथ्यता एवं लुम्बिनी प्रदेश सदस्य टेक बहादुर बिक,सघंका दाङ जिल्ला कार्यालय प्रमुख शान्ति शोमैथापा,दाङ जिल्ला खेलकुद विकास समितिका कोषाध्यक्ष धुर्व आचार्यको विशिष्ट आतिथ्यतामा उक्त कार्यक्रम भएको हो ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *