Fri. Jan 24th, 2025

दिपक वलि ,जेठ १५ दाङ।
दियालो अनलाइन डट कमद्वारा ”आफु पनि बचाैं अरूलाई पनि बचाउ” भन्ने उद्देश्यले संचालित अभियानमा ,”वन प्राबिधिक समाज दाङ शाखाले” तुलसिपुर १ भमके निवासी गङ्गाराम सापकोटा र कृष्ण बिकलाई २ बोरा चामल , ८ के.जि नुन ,१० के.जि दाल र ४ लिटर तेल सहयोग गरेको हो । प्रकाश ढकाल र जीवन देबकोटाको मुख्य नेत्तृत्वमा र दियालो अनलाइनको पहलमा सहयोग कार्य गरिएको हो।

महामारीकाे बेलामा दुखी,गरिब र असहाय व्यक्तिहरूकाे अनुहारमा मुस्कान ल्याउनकाे लागि सञ्चालित याे अभियानलाई समर्थन र साथ सहयोग गर्ने “वन प्राबिधिक समाज दाङ ” सस्था साथै प्रकाश ढकाल , सुनिल कमल कडेल, अभिषेक जङ्ग हमाल ,
दिपक बुढाथोकीलाइ दियालो अनलाइनका डट कमका प्रधान सम्पादक दिपक वलीले धन्यवाद सहित अाभार प्रकट गर्नुभएको छ । साथै दानदाताहरूले पठाउनुभएको रकम जस्ताको त्यस्तै दुखी,गरिब र असहाय व्यक्तिहरूसमक्ष पुर्याउने प्रतिबद्धता समेत गर्नुभएको छ ।

हाम्रो अभियानलाई साथ, सपाेर्ट र सहयोग गरि हाैसला प्रदान गर्नुभएकोमा सम्पूर्ण दान दाताहरूमा धन्यवाद दिदै अझै सहयाेग गरि दुखी,गरिब र असहाय व्यक्तिहरूका भगवान् बनी समाज सेवामा लाग्न अनुरोध गर्दै सहयोग गर्न चाहानेलाई लागि ग्लोबल आई मि बैकमा रहेको गोपाल गिरि नाममा रहेको खाता नम्बर 5707010008204 साथै हाम्रो फोन नम्बर ,9863152123,9866854083 मा सम्पर्क गर्न दियालो अनलाइनका प्रधान सम्पादक दिपक वलीले अपिल गर्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *