हेमन्त प्रकाश वलि जेष्ठ-१७,दाङ।
नेपाल कम्युनिस्ट पार्टीकि केन्द्रिय सदस्य साबित्रा दुरा (क.आस्था)लाई मातृशोक परेको छ।
आस्थाकि ममतामयी आमा मनकुमारी दुराको कोरोना संक्रमणका कारण आज बिहान दुखद र असमायिक निधन भएको हो। पार्टी केन्द्रिय सदस्य आस्थाकी ममतामयी आमाको दुखद निधनमा नेकपाका महासचिव विप्लवले आज एक शोक वक्तव्य जारी गर्दै मृतक आमा मनकुमारी दुरा प्रती भावपुर्ण श्रद्धाञ्जली अर्पण गरेका छन। साथै विप्लवले केन्द्रीय सदस्य क.आस्था लगाएत सपरिवारमा गहिरो समवेदना प्रकट गरेका छन।
वक्तव्यमा भनिएको छ:- “हाम्रो महान तथा जनप्रीय पार्टी नेपाल कम्युनिस्ट पार्टीकि केन्द्रिय सदस्य क.साबित्रा दुरा”आस्था”कि ममतामयी आमा मनकुमारी दुराको कोरोना संक्रमणका कारण आज बिहान भएको दुखद र असमायिक निधनले हामिलाइ दुखी बनाएको छ।व्यास नगरपालिका ६ तनहुँ घर भइ हाल पोखरा महानगरपालिका बस्दै आउनु भएकी ६७ बर्सिय मृतक आमा मनकुमारी दुराप्रती हाम्रो पार्टी भावपुर्ण श्रद्धाञ्जली अर्पण गर्दछ।साथै केन्द्रिय सदस्य क.आस्थालगाएत सपरिवारमा गहिरो समवेदना प्रकट गर्दछ।”