Sun. Jun 16th, 2024
तस्बिर = रेल बिभाग

२असोज । नेपालले खरिद गरेका दुई सेट रेल आज नेपाली भुमिमा प्रवेश गरेका छन् । भारतबाट ल्याइएका रेल नेपाली भुमिमा प्रवेश गरिसके पनि जनकपुरमा भने आज दिउँसो आइपुग्ने रेल बिभागले जानकारी दिएको छ। आयात गरिएका रेलहरु जनकपुर- जयनगर रुटमा संचालन गरिने भएको छ।
आवश्यक कानून बनाएर दशैँ–तिहारपछि रेल सञ्चालनमा ल्याउने विभागले जनाएको छ ।भारतीय सरकारी कम्पनी कोनकान कम्पनीमार्फत रेल सेट खरिद गरिएको होे ।जयनगरदेखि धनुषाको कुर्थासम्म ३५ किलोमिटर लम्बाइको रेलमार्गको भौतिक पूर्वाधार निर्माण भइसकेको छ ।कुर्थाबाट बिजलपुराखण्ड १७ किलोमिटरसमेत गरेर ५२ किलोमिटर सम्पन्न हुनेछ र त्यसपछि रेल त्यहाँसम्म विस्तार हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *