Wed. Apr 23rd, 2025

तुल्सिपुर,२२भदौ/कमल कडेल नेपालमा थप आज ११ जना कोरोना संक्रमितको मृत्यु भए सँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ३ सय पुगेको छ।

पछिल्लो २४ घण्टामा ८ वटा जिल्लाका ४ महिला र ७ पुरुष गरी ११ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा काठमाडौंमा मात्र तीन जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ।काठमाडौंका ३७, ९० र ८३ वर्षीया महिलाको मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए।मोरङका ७६ वर्षीय, सिरहाका ७८ र ६२ वर्षीय, सर्लाहीका ३५ वर्षीय, दोलखाका ६९ वर्षीय, मकवानपुरका ३९ वर्षीय, बाँकेका ५९ वर्षीय पुरुष र कास्कीमा ६३ वर्षीया महिलाको मृत्यु भएको छ।

नेपालमा हाल कुल मृत्युदर शून्य दशमलव ६४ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ। यसअघि आइतबार ९ जना कोरोना संक्रमितको मृत्यु भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *