नेपाल सार्की समाज तुलसीपुर नगरको प्रथम भेला तुलसीपुरमा सम्पन्न भएको छ । नगर अध्यक्ष सबिन नेपालीको अध्यक्षता तथा घोराही ४ का वडाध्यक्ष भीमबहादुर सार्कीको प्रमुख आतिथ्यमा भेला सम्पन्न भएको हो । भेलाले आउदो फागुन १ गतेका दिन नगरको भवन शिलान्यास गर्ने निर्णय गरेको छ । त्यस अवसरमा भवन निर्माणको लागी सहयोग गर्ने दाताहरुलाई सम्मान समेत गरिएको थियो । ।वडा नम्बर ७ को अमृतनगर टोलमा सार्की समाजको भवन निर्माण हुन लागेको हो । त्यसैगरी भवन निर्माणको लागी सहयोग उठ्ने क्रम जारी रहेको हुदा सहयोगको लागी अपिल समेत गरेको छ । नगर अध्यक्ष सविन नेपाली र वडा कार्यालयको पहलमा झण्डै एक कट्ठा जग्गामा भवन बन्न लागेको हो । उक्त भेलामा दाङ छाला तथा जुत्ता ब्यवसायी संघका अध्यक्ष देव बहादुर सार्कि,महासचिव युवराज नेपाली लगायतले बोल्नुभएको थियो । तुलसीपुर उद्योग बाणिज्य संघको हलमा भएको कार्यक्रममा एक सय बढिको सहभागीता रहेको थियो ।