Thu. Mar 27th, 2025

तुलसीपुर, १२ माघ ।
नेकपा(माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले डाशोव व्रान्डको लोगो उद्घाटन गरेका छन् । शुक्रबार दाहालले तुलसीपुर ५ बसपार्क स्थित डीवी गार्मेन्टको ब्रान्ड लोगो‘डाशोव’ उद्घाटन गरेका हुन् । त्यस अवसरमा गार्मेन्टका सञ्चालक प्रकाश ओलीले करिब एक दशकदेखि गार्मेन्ट उद्योग सञ्चालन गरेको बताए ।उनले गार्मेन्टबाट २०७३ सालदेखि नियमित गार्मेन्ट सञ्चालन गरिरहेको बताए । उनले आफूसंग रहेका कर्मचारीलाई सरकारी मापदण्ड अनुसार तलब दिएको समेत बताए । साथै डाशोव ब्रान्डलाई विश्वभर फैलाउने लक्ष्य रहेको समेत उनको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *