Fri. Mar 28th, 2025

के.बि वली 26 कात्तिक , दाङ । स्वास्थ्य,शिक्षा,सुचना हाम्रो अभियान , कला संस्कृति र भेषभुषा हाम्रो पहिचान भन्ने मुला नाराका साथ प्रथम तुलसीपुर सांस्कृतिक लोक नृत्य तथा दोहोरी कार्यक्रम 2079 को आज 28 औं दिनमा लोक नृत्य प्रतियोगिता सम्पन्न गरिएको छ ।

उक्त प्रतियोगिता मा 1594 भोट ल्याई जेबिका रेउले प्रथम स्थान हासिल गरेकी छिन भने उनकी प्रतिद्वन्द्वी सन्जु क्षेत्री ले 1240 भोट लिई द्वितीय र सन्ध्या रानाले 715 भोट लिई तिर्तिय स्थान हासिल गरेकी हुन । प्रथम स्थान हासिल गर्नेले ले रु एक लाख र तीन काटुन रारा चाउचाउ तेस्तै द्वितीय स्थान हासिल गर्नु हुनेले रु पचास हजार र दुई काटुन रारा चाउचाउ र तिर्तिय स्थान हासिल गर्नु हुनेले रु पच्चिस हजार र एक काटुन रारा चाउचाउ उपलब्ध गर्नेछन्

दाङ जिल्लाकै प्रथम धेरै धनराशि भएको उक्त नृत्य प्रतियोगितामा 36 जना प्रतियोगी सहभागी भएका थिए भने 6 जना फाइल राउन्ड मा पुग्न सफल भएको मितेरी युवा कल्ब तुलसीपुरले जानकारी दिएको हो । उक्त कार्यक्रम मा नृत्य प्रतियोगिता मात्र नभई विभिन्न सांस्कृतिक कार्यक्रम र राष्ट्रिय तथा स्थानीय कलाकारको बिजोर पस्तुति रहदै आइरहेको पनि आयोजक टिमले जानकारी दिएको हो ।

उक्त कार्यक्रम कात्तिक 30 गते सम्म संचालन हुने र बाकी चारदिनमा विभिन्न चर्चित राष्ट्रिय तथा स्थानीय कलाकार को बेजोड प्रतुती रहने पनि आयोजक टिमले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *