Fri. Jan 24th, 2025

आज विहान ०५ : ४५ तुल्सिपुर उपमहानगरपालिका १५ सरैया चोकमा पब्लिक ज्ञानज्योति माद्यमिक विद्यालयका विद्यार्थी सवार रहेको रा.१.प. ४३३ नम्वरको स्कुल बस दुर्घटना हुँदा पव्लिक ज्ञान ज्योति माध्यमिक विद्यालय तुल्सिपुर, दाङ्गमा कक्षा ११मा अध्ययनरत १९ वर्षिय सम्झना के.सी. को दु:खद मृत्यु र २९ जना विद्यार्थी घाइते भएको खबरले हामीलाइ स्तब्ध बनाएको छ । आफनो उज्वल भविश्य निर्माण गर्न विद्यालय तहमा अध्ययन गरिरहेका कलिला विद्यार्थीहरुको यसप्रकारको दु:खद मृत्युले अभिभावक र त्यस विद्यालयको मात्र नभएर सिङ्गो राष्ट्रको लागि पनि अपुरणीय क्षती भएको छ । यस दु:खद दुर्घटनाप्रति हाम्रो संगठन गहिरो दुःख व्यक्त गर्दछ । साथै मृतक विद्यार्थी सम्झना के.सी.प्रति हार्दिक श्रद्धाञ्जली तथा शोकाकुल अभिभावक र विद्यालय परिवार प्रति गहिरो समवेदना व्यक्त गर्दछौं । दुर्घटनामा घाइते भएका सम्पूर्ण विद्यार्थीहरुको सिघ्र स्वास्थ्यलाभको कामना गर्दै सम्पूर्ण घाइते विद्यार्थीहरुको यथोचित उपचारको व्यवस्था गर्न सम्बन्धित निकायसँग अनुरोध गर्दछौं । साथै यसप्रकारका सवारी दुर्घटना नियन्त्रण गर्न सम्वन्धित निकाय र विद्यालय परिवारको समेत ध्यानाकर्षण गराउन चाहन्छौं ।रञ्जित तामाङअध्यक्षमिति : २०७७ चैत्र १०

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *