Wed. Apr 23rd, 2025

रमेश जैसी तुलसीपुर भदौ १८ /- दाङ तुलसीपुर सयपत्रि दोहोरि घरबाट चलाएको रुकुम खारा घर भई हाल तुल्सीपुर उपमहानगरपालिका वडा नम्बर ५ स्वर्गद्वारी टोल मा बसोबास गर्दै आउनुभएकी वर्ष ३५ कि कमला ओली केही वर्ष अगाडि बाट मुटु र फोक्सोको समस्या भई बिरामी परेर थला परिरहेको अवस्थामा यतिबेला सयपत्री दोहोरी घरका सल्लाहकार ईश्वरीप्रसाद भण्डारीको नेतृत्वमा अहिले काठमाडौँको वीर हस्पिटलमा उपचार भइरहेको छ। उहाँको आर्थिक अवस्था निकै कमजोर भएको र उहाँको श्रीमानले पनि २२ वर्षकै उमेरमा उनलाई छोडेर संसार त्यागेका छन् उनको साथमा ११ वर्षको एक छोरा मात्र रहेको र उपचार गर्दागर्दै भएको जग्गा पनि सकिएको हुँदा अहिले उनको पाँच छ लाख ऋण पुगिसकेको छ। उनीलाई योभन्दा पहिले दुई वर्ष अगाडि सयपत्री दोहोरी घरका सञ्चालक दीपक ओली र ईश्वरीप्रसाद भण्डारीको नेतृत्वमा करिब २ लाख बराबरको सहयोग रकमले उपचार भइरहेको थियो। फेरि उहाँलाई रोगले च्यापिसकेपछि तुल्सीपुरको राप्ती प्रादेशिक हस्पिटलमा उपचार गराई चेक जाँच गराउँदा त्यहाँ सम्भव नभएपछि काठमाडौँ रिफर गरिएको हो। अहिले उहाँको उपचार काठमाडौँको वीर हस्पिटलमा भइरहेको छ उहाँले भन्नुभयो म बाँच्न चाहन्छु मेरो घरमा सानो छोरा छ मलाई बचाउनुस्। मेरो श्रीमानले त छोडेर गइसक्नुभयो अहिले यही बच्चाको मुख हेरेर बसिरहेको छु। यदि मलाई केही भयो भने बच्चाले के गर्ला भनेर गहभरी आँसु झार्दै सहयोगको अपिल गर्नुभएको छ त्यसैगरी ।कमला ओली बचाउ अभियान लाई आफुले सकेजति सहयोग गर्नुहुने नेकपा दाङ जिल्ला सदस्य ग्रेट अरनिको माविका सहायक प्रधानाध्यापक तुल्सीपुर नगर जेसिज का महासचिव कमलप्रसाद शर्मा ले आफ्नो जन्मदिनको अवसर पारेर फजुल खर्च नगरेर आफूले यस्ता गरिब दुःखीलाई हेर्नुपर्छ भन्ने उद्देश्यका साथ कमला वलि बचाउ अभियानलाई उपचार खर्च बापत रु ५००० (पाचहजार) सहयोग गर्नु भएको छ। उहाले पनि पहिले बाट नै सहयोग गर्दै आउनु भएको थियो।त्यसै गरि आगामि दिन हरूमा पनि यस्तै सहयोग गर्दै जानुहोला, सहयोगी मनहरूलाई बिशेष सम्मान गदै जन्मदिनको लाखौं लाख शुभकामना व्यक्त गर्दै आगामी दिनहरूमा पनि सहयोगको अपेक्षा राख्दछौं धन्यवाद
यदि तपाई हरू पनि सहयोग गर्नु चाहनु हुन्छ,भने तलको सम्पर्क नं र खाता नं मा सहयोग गर्ने सक्नुहुनेछ।
सम्पर्क नं :
दिपक वलि : ९८६८६३६५८४
दिपक वलि खाता नं : २५६०१००६७०७३६६०००००१नेपाल बैंक लिमिटेड

Leave a Reply

Your email address will not be published. Required fields are marked *