Wed. Apr 23rd, 2025

घुम्न जाउ तुल्सिपुर

घुम्न जाउ तुल्सिपुर सबैको एउटै नारा
स्वर्गसमान सहर देखि चकित परोस् सारा

सुबिधाले भरिपुर्ण सहर अनि बस्ती
सोह्र शृङ्गार गरेकी अप्सरा जस्ती

इन्द्रलाई नै भुलाइ दिने पार्क गणेशपुरको
बिकासको कथा ब्यग्लै हाम्रो मानपुरको

आतिथ्य र सुन्दरताको खानी छिल्लिकोट
अतिथी देब भब: भन्छन तुल्सिपुरका ओठ

बिपि अनि पुष्पलालको मित्रताको चोक
प्रतापकोट र ड्वाङ्पुर पुगौ छैन त्यहा रोक

काखबाट बगेकी सरयू गङ्गा नदि
सुकेकोट देबि माता हेरौं अघि बदी

ज्ञानको केन्द्र बेलझुण्डी बेल पाक्छ जहा
ज्ञान् बिज्ञानको समन्वय यस्तो समन्वय अन्त होला र कहाँ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *