Fri. Mar 28th, 2025

४ माघ, रामेछाप । रामेछाप जिल्लाको रामेछाप नगरपालिका रामपुरमा माटोको ढिस्कोले पुरिएर एक जना घाईते भएका छन ।
घाइते हुनेमा रामेछाप नगरपालिका वडा नं ५ रामपुरका वर्ष ५५ का खड्ग नेपाली घाईते भएको प्रहरी चौकी रामेछाप डाँडाले जानकारी दिएको छ ।
प्रहरी चौकी रामेछाप डाँडा अनुसार सडक खन्ने क्रममा माटोको ढिस्को झरेर पुरिँदा खड्ग नेपाली घाईते भएको छन् । अहिले घाईतेको अवस्था सामान्य रहेको र घाईतेलाई उद्धारगरी जिल्ला अस्ताल रामेछाप ल्याइएको र घाइते भएका खड्ग नेपालीको उपचार भैरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *