राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई लक्षित गर्दै पोखरामा मकैको खोया प्रहार भएको छ ।
लमजुङको राइनास गाउँपालिका स्थायी ठेगाना भएका सन्तोष रानाभाटले रविलाई लक्षित गर्दै मकैको खोया प्रहार गरेका हुन् ।ती व्यक्तिलाई जिल्ला प्रहरी कार्यालय कास्कीले नियन्त्रणमा लिएको छ । पोखरामा राष्ट्रिय स्वतन्त्र पार्टीले आयोजना गरेको कार्यक्रममा सभापति लामिछानेले मन्तव्य राखिरहेका बेला मञ्चमा उनलाई लक्षित गरी खोया प्रहार भएको थियो, तर उनलाई लागेन ।मन्तव्य राखिरहेकै बेला खोया मगाएर रविले खोया हान्ने व्यक्तिलाई केही नगर्न आफ्ना कार्यकर्ता र सुरक्षाकर्मीलाई आग्रह गरेका थिए । उनले खोया प्रहार आफूलाई चेतावनी भएको बताएका छन् ।आज घोगा पाइस् तैले यदि बाटो बिराइस् भने के मात्र पाउँछस् कल्पना गर भनेर मलाइ चेतावनी दिइएको हो । मैले यसलाई सकारात्मक रुपमा लिएको छु’ उनले भने ।