
२८भदौ। राष्ट्रिय क्रिकेट टोलीका क्रिकेट खेलाडी ललित भण्डारी मोटरसाइकल दुर्घटनामा परि गम्भीर घाइते भएका छन् । कंचनपुरको झलारी बजारमा ट्रक र मोटरसाइकल एकआपसमा जुध्दा २ जना घाइते भएका हुन् । धनगढीबाट महेन्द्रनगर तर्फ जाँदै गरेको से १ ख १३२४ नंम्बरको ट्रक र म २ प ४७०५ नम्बरको मोटरसाइकल एकआपसमा जुध्दा मोटरसाइकलमा सवार शुक्लाफाटा नगरपालिका वडा नम्बर– १० का राष्ट्रिय क्रिकेट टोलीका क्रिकेट खेलाडी वर्ष २८ का ललित भण्डारी र उनका भाइ नाता पर्ने वर्ष २४ का करन ठगुन्ना गम्भीर घाइते भएका हुन । क्रिकेट खेलाडी भण्डारीको अवस्था चिन्ताजनक रहेको छ ।
इलाका प्रहरी कार्यालय झलारीका अनुसार घाइतेको झलारी स्थित शुक्लाफाटा किल्निकमा प्राथमिक उपचार पछी थप उपचारका लागि धनगढी रिफर गरिएको छ ।