Fri. Jul 19th, 2024

जेष्ठ-१०।

नेकपा एमालेले वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपालसहित ११ जनालाई पार्टीको साधारण सदस्य समेत नरहने गरि निष्कासन गरेको छ ।प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार बसेको स्थायी कमिटी बैठकले खनाल र नेपालसहित ११ सांसदलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले उल्लेख गरेका छन् ।
पार्टीबाट निष्कासित हुनेमा खनाल र नेपालसहित भीम रावल, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, कल्याणी खड्का, सरला यादव, पुष्पाकुमारी कर्ण, कलिला खातुन, लक्ष्मी कुमारी चौधरी, निरादेवी जैरु रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *