विपन्न घरपरिवारलाई खाद्यान्न सामाग्री हस्तान्तरण

Bydipak oli

२०७८ जेष्ठ २३, आईतवार १४:५५ गते २०७८ जेष्ठ २३, आईतवार १४:५५ गते २०७८ जेष्ठ २३, आईतवार १४:५५ गते

टंक मल्ल/२३जेठ
अजम्बरी कृषि सहकारी संस्थाका अध्यक्ष दिपक वली,उपाध्यक्ष राम कुमार वली
सचिव उमलाल बुढाथोकी, काेषाध्यक्ष सैलेन्द्र कुमार वली,सदस्य हरू बैसाखी बाेहाेरा ,मिना वली,ईन्द्र जित डाँगी,लेखा समिति संयाेजक मेघराज के सी लगाएतकाका व्यक्तित्वहरूले रू ८०००(अाठ हजार) बराबरको संयुक्त रूपमा गर्नु भएको सहयोग बाट तुलसीपुर उपमहानगरपालिका ५ स्वर्गद्वारी टाेल मा बस्ने र तुलसीपुर उपमहानगरपालिका वडा नं ७ पर्सेनीमा बस्ने विपन्न ४ घर परिवारलाई खाद्यान्न सामाग्री हस्तान्तरण गरिएको छ ।
दियालो अनलाइनद्वारा सञ्चालित ´´अाफु पनि बचाैं अरूलाई पनि बचाउ अभियानलाई उहाँहरूले सहयोग गर्नुभएको थियो ।

काेभिड १९ संक्रामक राेगका कारण निशेधाज्ञा का कारण छाक टार्न नसकेका ,असहाय ,अशक्त र विपन्न समुदायका व्यक्तिहरूकाे दुखेको घाउमा मल्हम पट्टी लगाउने पुन्य काम गर्ने मनका धनी व्यक्तित्वहरूले अाफ्नाे सानो अनुरोधमा यति महान काम गरेकोमा दियालो अनलाइनका प्रधान सम्पादक दिपक वलीले सम्मान सहित अाभार प्रकट गर्नुभएको थियोे । दानदाताले पठाउनुभएकाे सहयोग रकम जस्ताकाे त्यस्तै पिडित कहाँ पुर्याउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

दियालो अनलाइन डट कम द्वारा सञ्चालित ´´अाफु पनि बचाैं अरूलाई पनि बचाउ”भन्ने अभियान लाई सहयोग गर्न चाहानेलाई लागि ग्लोबल आई मि बैकमा रहेको गोपाल गिरि नाममा रहेको खाता नम्बर 5707010008204 साथै हाम्रो फोन नम्बर ,9863152123,9866854083 मा सम्पर्क गर्न दियालो अनलाइनका प्रधान सम्पादक दिपक वलीले अपिल गर्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

तपाईंले छुटाउनुभयो