Fri. Jan 24th, 2025

के.बि वली । मंसिर 24 गोर्खा । श्री गुरु जजुर माध्यमिक बिद्यालय रक्षाचौर दाङले शैक्षिक भ्रमण २०७९ को लागी एक हप्ताको समय छुटाएको छ । यही समय अनुसार विभिन्न संकायका विद्यार्थी हरु शैक्षिक भ्रमण २०७९ सफल पार्न विभिन्न ठाउँ जाने क्रम चलिरहेको छ ।
यहीँ भ्रमणको क्रममा आज मंसिर २४ गते डिब्लोमा तह कृषि बालिबिज्ञान पहिलो ,दोस्रो र तेस्रो बर्षमा अध्यनरत छात्र छात्रा हरु आदरणीय गुरुआमा लक्ष्मी अधिकारी र आदरणीय गुरु राजिब रेग्मीको नेतृत्वमा गोर्खा जिल्लामा अबस्थित मनकामना मन्दिर पुगि दर्शन तथा अबलोकन गरेका छन् ।
यस्तै दियालो अन्लाईनका सह-सम्पादक के.बि संग कुरा गर्दै विद्यार्थी हरुले यो आफ्नो मनोरञ्जनात्मक भ्रमण मात्र नभै शैक्षिक अबलोकन पनि भएको बताएका हुन् । उनीहरुले भन्ने धेरै विद्यार्थी हरु प्राय जसो मनोरञ्जनात्मक भ्रमण गर्ने गर्दैछन् । तर हामीले मनोरञ्जनात्मक मात्र नभई केहि बाहिरी ज्ञानको पनि बिकास गर्नुपर्छ भने उद्देश्यले यो भ्रमण गरेको बताए ।
यस्तै यो चोटिको शैक्षिक भ्रमण मनकामना , बन्दिपुर , पोखरा , लुम्बिनी लगायत अन्य ठाउमा हुने उनिहरुले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *