Tue. Feb 27th, 2024

समाजसेवी प्रज्वला वली प्रेम वलीबाट आर्थिक सहयोग प्रदान

Bydipak oli

२०७८ जेष्ठ २४, सोमबार ०६:३५ गते २०७८ जेष्ठ २४, सोमबार ०६:३५ गते २०७८ जेष्ठ २४, सोमबार ०६:३५ गते

टंक मल्लर २४ जेठ रूकुम जन्म घर भई हाल तुलसीपुर उपमहानगरपालिका वडा नं ५ श्रद्धा टोल विकास संस्थामा बस्ने , समाजसेवी, रिद्धिसिद्धि ज्वेलर्सका नारायणपुर शाखा प्रमुख तथा नेपाली काँग्रेस विपी विचार राष्ट्रिय समाजका केन्द्रीय सदस्य,युवा नेता प्रेम वलीबाट दुखि गरिब लाइ खाद्यान्न सामाग्री सहयोग गर्न रू ५२००[पाँच हजार दुई सय]आर्थिक सहयोग गर्नुभएको छ।
मनका धनी, दयाका खानी, समाजसेवी वलीले दियालो अनलाइन डट कम द्वारा आफु पनि बचौं अरूलाई पनि बचाउू भन्ने उद्देश्यले सञ्चालन गरिएको यस अभियानमा सहयोग गर्नुभएको छ ।

कोभिड १९ संक्रामक रोगका कारण निशेधाज्ञा का कारण छाक टार्न नसकेका ,असहाय ,अशक्त र विपन्न समुदायका घर परिवारलाई खाद्यान्न सहयोग गरि ति व्यक्तिहरूको दुखेको घाउमा मल्हम पट्टी लगाउने पुन्य काम गर्ने मनका धनी वलीले आफ्नो सानो अनुरोधमा यति महान काम गरेकोमा दियालो अनलाइनका प्रधान सम्पादक दिपक वलीले सम्मान सहित आभार प्रकट गर्नुभएको थियोे । दानदाताले पठाउनुभएको सहयोग रकम जस्ताको त्यस्तै पिडित कहाँ पुर्याउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।उहाँ हरूले आर्थिक अभावका कारण छाक टार्न नसकेका ,असहाय ,अशक्त र विपन्न समुदाय, एकल महिला लगाएतका व्यक्तिहरूलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।दियालो अनलाइन डट कम द्वारा सञ्चालित झझआफु पनि बचौं अरूलाई पनि बचाउूभन्ने अभियान लाई सहयोग गर्न चाहानेलाई लागि ग्लोबल आई मि बैकमा रहेको गोपाल गिरि नाममा रहेको खाता नम्बर 5707010008204 साथै हाम्रो फोन नम्बर ,,9863152123,9866854083 मा सम्पर्क गर्न दियालो अनलाइनका प्रधान सम्पादक दिपक वलीले अपिल गर्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *