Sun. Jan 19th, 2025

४ मंसिर दाङ । आमनिर्वाचनकै दिन सहयोगी हात सहित यस तुलसीपुरमा रहेको सयपत्री दोहोरी घरले आर्थिक सहयोग हस्तान्तरण गरेको छ ।
लामो समय देखी मिर्गौलाको विरामी भैथला परेकि मुसिकोट नगरपालिका ११ रुकुम पश्चिम घर भएकि डिला कामिकाे उपचारको क्रममा आज तुलसिपुर प्रादेशिक अस्पतालमा उपचार डाईलासिस गर्दै गर्दा निधन भएको र उक्त डिला कामिको शव घर सम्म लैजानलाई आर्थिक अभाव परेको कारण सयपत्री दोहोरि घरको पहल तथा दिपक वलिको सकृयतामा मतदान स्थलमै दाताहरुबाट आर्थिक संकलन गरि आठ हजार छ सय पचास (८६५०) रुपैयाँ परिवारलाई हस्तान्तरण गरिएको छ ।
उहाको उपचारको क्रममा विभिन्न ठाउमा गरि करीब २२ लाख सकिएको र घरको आर्थिक अवस्था पनि कम्जोर भएको कारण सहयोग गर्न चाहने इच्छुक व्यक्तिहरुले पनि यस सयपत्री दोहोरी घर र दियालो अन्लाईन डटकम लाई सम्पर्क गर्न सक्नु हुने छ । यस्तै सम्पुर्ण सहयोगि हातहरुलाई बिशेष धन्यवाद ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *