Sat. Jan 18th, 2025

१०भदौ

गएको २४ घण्टामा कोरोनाभाइरस सङ्क्रमणका कारण ११ जनाको मृत्यु भएको छ जुन हालसम्म सर्वाधिक दैनिक वृद्धि हो।

यसअघि भदौ ४ गते पनि ११ जनाको मृत्यु भएको थियो। अहिलेसम्म नेपालमा १७५ जनाको कोरोनाभाइरसका कारण मृत्यु भइसकेको छ।

विगत २४ घण्टामा थप ८८५ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको र कुल सङ्क्रमित सङ्ख्या ३४,४१८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

बुधवार थपिएका सङ्क्रमितमध्ये काठमाण्डू जिल्लाका २३० जना सहित ३०१ जना काठमाण्डू उपत्यकाका छन्।

त्यस्तै यो अवधिमा ३८५ जना सङ्क्रमणमुक्त भएपछि कोभिड-१९ बाट निको हुनेको कुल सङ्ख्या १९,५०४ पुगेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *