Mon. Jan 12th, 2026

असोज१४। नेपालमा विगत २४ घण्टामा १,५५९ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको जानकारी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दिएको छ। तीमध्ये ९०२ जना काठमाण्डू उपत्यकाका हुन्।यससँगै नेपालमा पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या ७७,८०० नाघेको छ।

सो अवधिमा सात जनाको कोभिड-१९ सँग सम्बन्धित कारणले मृत्यु भएको मन्त्रालयले मङ्गलवार अपराह्ण सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ।योसहित नेपालमा अहिलेसम्म ४९८ सङ्क्रमितको मृत्यु भएको देखिन्छ भने निको हुने सङ्क्रमितको सङ्ख्या ५६,००० नाघेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *