Thu. Mar 27th, 2025

दाङ, ७ भदौ ।
दाङमा मंगलबार (आज) बिहानै एक टिप्परमा आगजनी भएको छ । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डिएसपी राजनकुमार गौतमका अनुसार घोराही-लमही सडक खण्ड अन्तगर्त कुइरेपानीमा रा १ ख १६९४ नम्बरको टिप्परमा बिहान साढे ४ बजेतिर आगजनी भएको हो ।

टिप्परमा कसले आगो लगाएको भन्ने विस्तृत विवरण आउन बाँकी रहेको डिएसपी गौतमले बताउनुभयो । बिहानै घोराहीदेखि देउखुरीको सिसनियमा जान लागेको अवस्थामा घोराही-३ कुइरेपानीमा टिप्परमाथि आगजनी भएको चालकले दावि गरेपनि घटना संकास्पद देखिएकाले चालकलाई पनि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । यस्तै प्रहरीले सर्राबाट चार जना बन्दकर्तालाई नियन्त्रणमा लिएको छ ।

यद्यपी बन्दकर्ताले आगजनी नगरेको दावि गरेको छन् । विप्लव नेकपाका दाङ इन्चार्ज शितल वलीले टिप्पर आगजनीमा आफ्नो कार्यकर्ता सहभागी नभएको दावि गर्नुभयो । उहाँले बन्दको अवसरमा तेस्रो पक्षले आगजनी गरेको हुन सक्ने बताउनुभयो । यसैबिच बन्दको प्रभाव दाङमा पूणर्रुपमा परेको छ । बन्दका कारण बिहानैदेखि गन्तव्यमा छुटेका सवारी साधन रोकिएका छन् ।

अस्पताल, होटल, चियाखाजा घर, एम्बुलेन्स, प्रेस, लगाएतका अत्यावश्यक सवारी साधनमात्रै संचालनमा आएका छन् । Diyalo Online दियालो अनलाइन

Leave a Reply

Your email address will not be published. Required fields are marked *