
२३भदौ। मङ्गलवार अपराह्णसम्म २४ घण्टामा नेपालमा थप ९०२ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।सो अवधिमा छ जनाको मृत्यु भएको तथ्याङ्कले देखाउँछ।
यो वृद्धिसँगै नेपालमा पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या ४८,१३८ पुगेको छ। अहिलेसम्म नेपालमा एक चिनियाँ र एक भारतीय नागरिकसहित ३०६ जनाको कोभिड-१९ सँग सम्बन्धित कारणले मृत्यु भएको छ।मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार सङ्क्रमितमध्ये अहिलेसम्म ३२,९६४ जना निको भएका छन्।