कोसी अस्पतालमा एक जना कोरोना संक्रमितको मृत्यु

Bydipak oli

२०७७ श्रावण १९, सोमबार १३:५५ गते २०७७ श्रावण १९, सोमबार १३:५५ गते २०७७ श्रावण १९, सोमबार १३:५५ गते

विराटनगरस्थित कोसी अस्पतालमा एक जना कोरोना संक्रमित ७७ वर्षीय वृद्धको मृत्यु भएको छ। २०७७/०४/१९ गते सोमबार बिहानमात्र अस्पताल भर्ना भएका उनको दिउँसो सवा तीन बजे मृत्यु भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर चुमनलाल दासले जानकारी दिए। ‘उनलाई आज बिहान साढे नौ बजे अस्पताल भर्ना गरिएको थियो। भर्ना गर्दै उनमा ज्वरो, छाती दुख्ने र स्वासप्रस्वासको समस्या रहेको थियो’, डा. दासले भने। त्यसपछि कोरोना परीक्षणको लागि उनको स्वाब झिकियो। तर तीन बजे नै वृद्धको मृत्यु भयो। पछि सवा चार बजे पिसिआर रिपोर्ट आउँदा उनमा कोरोना पोजेटिभ देखिएको डा. दासले जनाए। मृतकको अहिलेसम्म कुनै ट्राभल हिस्ट्री देखिएको छैन। परिवारका सदस्यले भने उनमा चार दिनदेखि ज्वरो आएको अस्पताललाई बताएका छन्। मृतक मधुमेह र रक्तचापको रोगी समेत रहेको अस्पतालले जनाएको छ। अहिले मृतकको शव अस्पतालमै राखिएको र व्यवस्थापनको लागि सेनाको टोलीलाई खबर गरिएको छ। योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५८ पुगेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

तपाईंले छुटाउनुभयो