नेपालमा आज थप १,४७४ जना मानिसमा कोरोनाभाइरस सङ्क्रमण

Bydipak oli

२०७७ मंसिर १५, सोमबार १२:४३ गते २०७७ मंसिर १५, सोमबार १२:४३ गते २०७७ मंसिर १५, सोमबार १२:४३ गते

मङ्सिर १५।

नेपालमा आज थप १,४७४ जना मानिसमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको जानकारी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दिएको छ।मन्त्रालयका अनुसार ९,९११ जनाको परीक्षण गर्दा त्यति सङ्ख्यामा सङ्क्रमित फेला परेका हुन्।

सो अवधिमा २९ जनाको कोभिड-१९ का कारण मृत्यु भएको सरकारी तथ्याङ्कले देखाउँछ।यो वृद्धिसँगै नेपालमा पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या दुई लाख ३३ हजार नाघेको छ।मन्त्रालयले सोमवार अपराह्ण प्रकाशित गरेको विवरणअनुसार अहिले नेपालभरि १७,४२३ जनामा सक्रिय सङ्क्रमण छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

तपाईंले छुटाउनुभयो