नेपालमा आज ४,०४७ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि

Bydipak oli

२०७७ आश्विन २६, सोमबार ११:१४ गते २०७७ आश्विन २६, सोमबार ११:१४ गते २०७७ आश्विन २६, सोमबार ११:१४ गते

असोज२६
नेपालमा विगत २४ घण्टामा ४,०४७ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको जानकारी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दिएको छ।अहिले फेला परेका सङ्क्रमितमध्ये २,२८३ जनाभन्दा बढी काठमाण्डू उपत्यकाका हुन्।

योसँगै नेपालमा पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या एक लाख ११ हजार नाघेको छ।चौबीस घण्टामा अवधिमा सोमवार अपराह्णसम्म थप नौ जनाको कोभिड-१९ सँग सम्बन्धित कारणले मृत्यु भएको मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ। सो अवधिमा १,४७३ सङ्क्रमित रोगमुक्त भएको मन्त्रालयले बताएको छ।
नेपालमा अहिलेसम्म ६४५ सङ्क्रमितको मृत्यु भएको देखिन्छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

तपाईंले छुटाउनुभयो