रोयल च्यालेन्जर बेङ्ग्लोरले कोलकता नाइट राइडर्समाथि सानदार जित

Bydipak oli

२०७७ आश्विन २७, मंगलवार ०२:५० गते २०७७ आश्विन २७, मंगलवार ०२:५० गते २०७७ आश्विन २७, मंगलवार ०२:५० गते

असोज२७। इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गए राती सम्पन्न खेलमा रोयल च्यालेन्जर बेङ्ग्लोरले कोलकता नाइट राइडर्समाथि सानदार जित निकालेको छ।शारजहा क्रिकेट स्टेडियममा भएको खेलमा बेङ्ग्लोरले कोलकतामाथि ८२ रनको सानदार जित निकालेको हो।

टस जितेर ब्याटिङमा उत्रिएको बेङ्ग्लोरले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै १९४ रन जोडेको थियो।बेङ्ग्लोरका लागि एबि डी भिलियर्सले आक्रामक ब्याटिङगर्दै सर्वाधिक ७३ रन बनाउँदा आरोन फिन्सले ४७ रन तथा देवदत्त पार्डिकल र बिराट कोहलीले ३२ रन जोडे।उता कोलकताका लागि प्रसिद कृष्ण र आन्द्रे रसेलले १/१ विकेट लिए।

१ सय ९५ रनको लक्ष्य पछ्याएको कोलकताको ब्याटिङ लाइन चल्न सकेन। कोलकताले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ११२ रनमात्र जोड्न सक्यो। उसका लागि शुभमक गिलले ३४ रन बनाउँदा आन्द्रे रसेल र राहुल त्रिपाठीले समान १६ रन जोडे।कोलकतालाई सस्तैमा समेट्न बेङ्ग्लोरका वासिङ्टन सुन्दर र क्रिस मोरिसले २/२ विकेट लिँदा नवदीप शैनी, युजवेन्द्र चाहल, मोहम्मेद सिराज र इसुरु उडनाले समान १/१ विकेट लिए।जितसँगै १० अंक जोडेको बेङ्ग्लोर अंकतालिकाको तेस्रो स्थानमा उक्लिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

तपाईंले छुटाउनुभयो