बंगलादेश सरकारद्वारा बलात्कारीलाई मृत्युदण्ड दिने प्रावधान स्वीकृत

Bydipak oli

२०७७ आश्विन २७, मंगलवार ०२:५७ गते २०७७ आश्विन २७, मंगलवार ०२:५७ गते २०७७ आश्विन २७, मंगलवार ०२:५७ गते

असोज २७। बंगलादेश सरकारले बलात्कारमा संलग्न व्यक्तिलाई मृत्युदण्ड दिने प्रावधानलाई स्वीकृत गरेको छ। बलात्कारका घटना बढ्दै गएपछि बंगलादेशमा बलात्कारीहरुलाई मृत्युदण्ड दिनुपर्ने माग उठेको थियो।

प्रधानमन्त्री शेख हसिनाको अध्यक्षतामा बसेको भर्चुअल मन्त्रिपरिषद् बैठकले कानुन संशोधन गर्दै बलात्कारीहरुलाई मृत्युदण्ड दिने प्रावधान थप गरेको हो। नयाँ कानुन अनुसार बलात्कारी ठहर भएका व्यक्तिलाई मृत्युदण्ड वा आजीवन कारावासको सजाय दिइनेछ। वर्तमान कानुन अनुसार बलात्कारी ठहर भएका व्यक्तिलाई आजीवन कारावाससम्मको सजायमात्र दिन सकिन्थ्यो।मंगलवार राष्ट्रपतिले नयाँ कानुनमा हस्ताक्षर गरेपछि कार्यान्यवनमा आउने बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

तपाईंले छुटाउनुभयो