भोटेकोशी बाढीपीडितको पीडामा ‘सक्सेस एकाडेमी’को सहारा, एक दिनको तलब सहयोग

Bydipak oli

२०८३ भाद्र ११, बिहीबार १५:२३ गते २०८३ भाद्र ११, बिहीबार १५:२३ गते २०८३ भाद्र ११, बिहीबार १५:२३ गते

भोटेकोशी बाढीपीडितको पीडामा ‘सक्सेस एकाडेमी’को सहारा, एक दिनको तलब सहयोग

तुलसीपुर, ११ भदौ । विपद्का बेला मानवीय संवेदना र सामाजिक उत्तरदायित्वलाई आत्मसात् गर्दै सक्सेस एकाडेमीले भोटेकोशी बाढीपीडित तथा विपदबाट प्रभावित परिवारका लागि आर्थिक सहयोग गरेको छ।

हालै आएको विनाशकारी बाढीबाट रसुवा, नुवाकोट, धादिङलगायतका क्षेत्रमा ठूलो जनधनको क्षति भएको घटनाले सिंगो देशलाई स्तब्ध बनाएको अवस्थामा विद्यालयले पीडितको दुःखमा साथ दिने उद्देश्यले ६० जना शिक्षक तथा कर्मचारीको एक दिन बराबरको तलब सहयोग गरेको हो। साथै विद्यालय सञ्चालक कल्याण कोषबाट समेत रकम थप गरी रु. ६१,१११ ( एकसठ्ठी हजार एक सय एघार रुपैयाँ ) प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गरिएको विद्यालयले जनाएको छ।

विपद्को घडीमा आर्थिक सहयोग रकमभन्दा पनि पीडितप्रतिको मानवीय भावना, अपनत्व र सहानुभूति महत्वपूर्ण हुने भन्दै विद्यालयले आफ्नो सामाजिक दायित्वअन्तर्गत उक्त सहयोग गरेको हो। विद्यालयको यो कदमले ‘शिक्षा केवल पाठ्यपुस्तकमा सीमित हुँदैन, शिक्षा भनेको दुःखमा परेकालाई साथ दिन सिकाउनु पनि हो’ भन्ने सन्देश दिएको छ।

विद्यालयका प्रधानाध्यापक प्रदीप वली र सह–प्रधानाध्यापक गोपाल गिरीले उक्त सहयोगबारे जानकारी दिँदै विपद्का कारण ज्यान गुमाउनेप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभ तथा बेपत्ताहरूको सकुशल उद्धारको कामना गर्नुभयो।

पीडितको आँसुमा आफ्नो संवेदना मिसाउँदै, दुःखमा परेकाको साथमा उभिनु नै मानवताको साँचो परिचय हो। यही भावनाका साथ सक्सेस एकाडेमीले गरेको यो सहयोगले विपद्को पीडामा रहेका परिवारलाई सानो भए पनि आशा र भरोसाको अनुभूति गराउने विश्वास गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *