यस वर्षको तिहारमा सर्वसाधारणका लागि ऐतिहासिक रानीपोखरी खुला हुने

Bydipak oli

२०७७ आश्विन २५, आईतवार ०३:०३ गते २०७७ आश्विन २५, आईतवार ०३:०३ गते २०७७ आश्विन २५, आईतवार ०३:०३ गते

असोज२५

पुनःनिर्माण सम्पन्न भएपछि यस वर्षको तिहारमा सर्वसाधारणका लागि ऐतिहासिक रानीपोखरी खुला हुने भएको छ। यही असोज पहिलो साता निर्माण सम्पन्न भएको रानीपोखरीको दशैंअघि नै राष्ट्रप्रमुखबाट उद्घाटन गर्ने तयारी रहेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले बताएको छ।

गोर्खा भूकम्पका कारण पूर्णरूपमा भत्किएको रानीपोखरीमा अहिले सरसफाइ र बत्ती राख्ने काम भइरहेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका सम्पदाविज्ञ राजुमान मानन्धरले बताए। भूकम्पपछि पाँच वर्षसम्म हरेक वर्ष तिहारमा सर्वसाधारणले बालगोपालेश्वर मूर्तिलाई पोखरीमा रहेको पुलको मुखमा राखी दर्शन गर्ने गरेका थिए। पुनःनिर्माण सम्पन्न भएकालेे अब यस बर्ष भने भक्तजनहरुले मन्दिरमै प्रवेश गरेर दर्शन तथा पुजा गर्न मिल्ने भएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

तपाईंले छुटाउनुभयो