शनिवार नेपालमा थप ८,१६७ जनामा कोरोनाभाइरस सङ्क्रमण

Bydipak oli

२०७८ जेष्ठ १, शनिबार १२:५८ गते २०७८ जेष्ठ १, शनिबार १२:५८ गते २०७८ जेष्ठ १, शनिबार १२:५८ गते

जेष्ठ १। शनिवार नेपालमा थप ८,१६७ जनामा कोरोनाभाइरस सङ्क्रमण र १८७ जनाको कोभिड-१९ सँग सम्बन्धित कारणले मृत्यु पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।पीसीआर विधि र एन्टिजन विधिबाट १८,५४८ परीक्षण गर्दा अहिले त्यति सङ्ख्यामा सङ्क्रमितहरू फेला परेका हुन्।

मन्त्रालयले प्रकाशित गरेको तथ्याङ्कमा शनिवार पनि काठमाण्डू उपत्यकामा धेरै सङ्क्रमित फेला पर्ने क्रम जारी रहेको देखिन्छ।शनिवार काठमाण्डूमा २,१४६ जना, ललितपुरमा ४४४ जना र भक्तपुरमा ३७४ जना सङ्क्रमित थपिएका छन्।बितेको २४ घन्टामा नेपालमा ५,४५५ जना कोरोना मुक्त भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

तपाईंले छुटाउनुभयो