हेटौंडामा हिन्दु राष्ट्र र राजतन्त्र पुर्नस्थापनको माग गर्दै र्या‍ली

Bydipak oli

२०७७ मंसिर १४, आईतवार १३:०७ गते २०७७ मंसिर १४, आईतवार १३:०७ गते २०७७ मंसिर १४, आईतवार १३:०७ गते

मङ्सिर १४।

हेटौंडामा आज राजाबादीहरुले हिन्दु राष्ट्र र राजतन्त्र पुर्नस्थापनको माग गर्दै र्या‍ली निकालिएका छन् । २०४७/२०४७ को संविधान पुनः स्थापना अभियानको अगुवाइमा र्या‍ली निकालिएको हो । हेटौंडाको हुप्राचौरबाट निस्किएको र्याली हेटौंडा बजार परिक्रमा गर्दै सीमा चोकमा आएर कोणसभामा परिणत भएको थियो ।

देशव्यापी अभियनको क्रममा राजतन्त्र तथा हिन्दू राष्ट्रको लागि र्याली आयोजना गरिएको अभियानका संयोजक किशोरी महतोले बताए । र्या‍लीमा राप्रपा, शिव सेना नेपाल, नेपाल हिन्दु समाजलगायतमा आबद्ध व्यक्तिको सहभागिता रहेको थियो। र्यालिमा सहभागिले राजा आऊ देश बचाऊ, २०४७ सालको संविधान पुर्नस्थापना गर, गणतन्त्र खारेज गर लगायतका नारा लगाएका थिए । विगतका केही दिनदेखि देशका विभिन्न ठाउँमा राजा र राजतन्त्रको समर्थनमा र्या‍ली जुलुस निकालिंदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

तपाईंले छुटाउनुभयो