Mon. Dec 2nd, 2024
कार्तिक १
नेपालमा अहिले दैनिक रुपम कोरोनाका बिरामीहरु थपिदै गएका छन् । यसरी थपिने बरमीहरुमा कोहि चाडैं निको हुने भने कोहिचाहिँ लामो समयसम्म संक्रमीत हुने गरेको पनि पाइएको छ।लामो समयसम्म संक्रमीत बिरामिलाई दीर्घ कोभिडका बिरामी भनिन्छ । दीर्घ कोभिड’ अर्थात् कोरोनाभाइरस सङ्क्रमणको दीर्घ प्रभावका कारण मानिसहरूलाई चार भिन्न समस्या पारिरहेको हुनसक्ने एउटा अध्ययनले देखाएको छ।अनि यसले किन निरन्तर लक्षण बेहोरिरहेका यी मानिसलाई अविश्वास गरिन्छ र उपचार गरिँदैन भन्ने पनि बुझाउन सक्छ।दीर्घ कोभिड बेहोरिरहेका मानिसहरूमा गम्भीर मनोवैज्ञानिक प्रभाव परिरहेको हुनसक्ने न्याश्नल इन्स्टिट्यूट अफ हेल्थ रिसर्चको विवरणमा उल्लेख छ।उनीहरूलाई थप सहयोगको खाँचो छ – अनि उपचार गर्ने स्वास्थ्यकर्मीहरूमा पनि थप जानकारी हुन जरुरी छ।अधिकांश मानिसहरूलाई सामान्य कोरोनाभाइरस सङ्क्रमण भएको दुई सातामा ठिक हुने र अलि गम्भीर सङ्क्रमण भएमा तीन सातामा ठिक हुने बताइन्छ।तर यो रिपोर्टका अनुसार हजारौँ मानिसहरू “निरन्तरको कोभिड” बाट ग्रस्त भएका छन्।फेसबुकमा दीर्घ कोभिडले ग्रस्त भएकाहरूको सहायता समूहमा आबद्ध १४ जनाको अन्तर्वार्तामा आधारित भएर प्रकाशित पछिल्लो अध्ययनका अनुसार निरन्तरको लक्षणहरूले श्वासप्रश्वासमा कठिनाइदेखि लिएर मस्तिष्क, मुटु तथा कार्डियोभास्कुलर प्रणाली, मिर्गौला, आन्द्रा, कलेजो र छालासम्म प्रभाव पारिरहेका छन्।यी लक्षणहरू निम्न चार भिन्न समस्याका कारण भएका हुनसक्छन्:
१-फोक्सो र मुटुमा भएका स्थायी क्षति
२-सघन उपचारपश्चात् उत्पन्न हुने समस्या
३-भाइरल सङ्क्रमणपश्चात् हुने थकाइको समस्या
४-निरन्तर कोभिड-१९ का लक्षणहरूका समस्या
स्रोत – बिबिसी

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *