Fri. Jul 19th, 2024


कृष्ण खत्री गौतम /७साउन
पत्रकार ईश्वर वि सीकाे पहलमा र समाजसेवि , ब्यापारी , अजम्बरि कृषि सहकारि सस्थाका उपाध्यक्ष रामकुमार वलि र सोहि सस्थाका अध्यक्ष , दियालो अन्लाईन का प्रधाना सम्पादक प्रकाशक दिपक वलिको विशेष सहयोग मा कर्णाली प्रदेशको कालीकाेट जिल्लाकाे सान्नी त्रिवेणी गाउँपालिकाकाे वडा नं २मा स्वास्थ्य सामाग्री र खाद्यान्न लिएर दियालो अनलाइन परिवार र अजम्बरि कृषि सहकारी संस्थाको टिम दोस्रो पटक प यही मिति २०७८ साल साउन ७ गते कालिकोट जाने भएको छ ।

काेभिड १९ संक्रामक राेगका कारण निशेधाज्ञा का कारण छाक टार्न नसकेका ,असहाय ,अशक्त र विपन्न समुदायका व्यक्तिहरूकाे दुखेको घाउमा मल्हम पट्टी लगाउने पुन्य काम गर्ने मनका धनी विभिन्न दानदाताहरूले सहयोग गर्नु भएको सहयोगबाट ति सामाग्रीहरू वितरण गरिने भएको छ ।

अफ्नाे सानो अनुरोधमा यति महान काम गरेकोमा दियालो अनलाइनका प्रधान सम्पादक दिपक वलीले सम्पूर्ण दाना व्यक्तित्वहरूमा सम्मान सहित अाभार प्रकट गर्नुभएको थियोे । दानदाताले पठाउनुभएकाे सहयोग रकम जस्ताकाे त्यस्तै पिडित कहाँ पुर्याउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

दियालो अनलाइन डट कम द्वारा सञ्चालित ´´अाफु पनि बचाैं अरूलाई पनि बचाउ”भन्ने अभियान लाई सहयोग गर्न चाहानेलाई लागि ग्लोबल आई मि बैकमा रहेको गोपाल गिरि नाममा रहेको खाता नम्बर 5707010008204 साथै हाम्रो फोन नम्बर ,9863152123,9866854083 मा सम्पर्क गर्न दियालो अनलाइनका प्रधान सम्पादक दिपक वलीले अपिल गर्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *