
बैशाख २६ ।।
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले आइतवार पदबाट राजीनामा दिएका छन्।गुरुङको राजीनामा स्वीकृत गर्दै प्रदेश प्रमुख सीताकुमारी पौडेलले अर्को मन्त्रिपरिषद् गठन नभएसम्म गुरुङको नेतृत्वको मन्त्रिपरिषद्लाई नै कार्य सञ्चालन गर्न भनिएको प्रदेश प्रमुखको कार्यालयले प्रकाशित विज्ञप्तिमा उल्लेख छ।
प्रदेश प्रमुख पौडेलले “नेपालको संविधानको धारा १६८ (२) बमोजिम तीन दिनभित्र सरकार गठन गर्न” आह्वान गरेकी छिन् ।गुरुङविरुद्ध पनि विपक्षी दलहरूले अविश्वासको प्रस्ताव प्रस्तुत गरेका थिए।