Fri. Oct 4th, 2024

टंक मल्ल, जेठ ३१, दाङ
विश्व महामारीको रूपमा फैलिएको काराेना भाईरस (काेभिड-१९) राेगका कारण देश अहिले लकडाउनमा छ । लकडाउनका कारण किसानले उत्पादन गरेका तरकारी खेतबारीमै कुहिएर किसानहरू मर्कामा परेका छन ।
तुलसीपुर उपमहानगरपालिका वडा ३ पैयाँखाेरेका किसान चित्रबहादुर वलीले उत्पादन गरेका बन्दागाेपी,काउली, काँक्रा लगाएतका तरकारीहरू कुहिएर बारीमै नष्ट भएका छन ।
धेरै मेहनत र परिश्रम गरेर तरकारी फलाएकाे थिएँ यी सबै बेचेर मनग्य अाम्दानी गरेर घर परिवारमा जहान केटाकेटी पाल्न र राम्रो शिक्षा दिउला भन्ने सपना देखेको थिए तर अहिले तरकारी बिक्री नभएर बारीमा कुहिएको देख्दा मन सम्हाल्न सक्दिनँ वलीले दियालो अनलाइन डट कम का प्रधान सम्पादक दिपक वली सँग रूदै दुख व्यक्त गर्नुभएको छ ।

सम्बन्धित निकायले हामी जस्ता गरिखाने किसानलाई बजार व्यवस्थापन गरिदिए ठुलो राहात हुने थियो । रिन कारेर लगानी गरेको थिए अहिले किस्ता तिर्न नसकेर मलाई हम्मेहम्मे परेको छ । उहाँले दुखेसो पाेख्नुभएकाे थियोे ।

दियालो अनलाइन डट कम का प्रधान सम्पादक दिपक वलीले उक्त ठाउँको प्रत्येक्ष अवलोकन समेत गर्नुभएको थियोे । म सकेसम्म तपाईंको समस्या समाधानका लागि सम्बन्धित निकायमा सहजिकरण गरिदिन पहल गर्नेछु । पिडित किसानहरूलाई अाश्वासन दिनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *